काठमाडौँ । नेकपा माओवादी केन्द्रका तीन नेताले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता व्याख्यात्मक घोषणामार्फत अनुमोदन गर्ने निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा साेमबार जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साे जानकारी गराएका हुन् । नोट अफ डिसेन्ट जनाउनेमा नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महरा रहेका छन् ।




