काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काठमाडौंको फोहर संकलनमा सरकारले ध्यान नदिएको भन्दै गुनासो गरेका छन् ।
ट्विटमार्फत उपाध्यक्ष रावलले जिज्ञाशा राख्दै भनेका छन्,‘काठमाडौंमा थुप्रेको फोहोरको डुंगुर र ४५ दिन बितिसक्दा पनि संघीय सरकारले पूर्णता नपाउनु र केन्द्रदेखि प्रदेशसम्म सरकारमा भागबण्डा राजनीतिको विकृतिको डंगुरका बीच समय ठ्याक्कै मिलेको किन होला ?’
उपाध्यक्ष रावलले काठमाडौंको फोहर र सत्ताराजनीतिका बारेमा राखेको जिज्ञाशामा मुटु रोग विषेशज्ञ डाक्टर रामेशले भने रावलकै जिल्ला अछाममा खिचेको सूँगुरको फोटो राख्दै केही सूँगुरलाई फोहरको डंगुर मन परेकाले फोहर संकलन हुन नसकेको होला भनेका छन् ।
केही सुँगुरलाई फोहोरको डुंगुर नै मन परेकाले पो हो कि? फोहोरकै डुंगुरमा रमाउने अछामको सुँगुर चैँ यस्तो खाइलाग्दो थियो। pic.twitter.com/86UpNuvwo4
— रामेश (@RaameshKoirala) August 29, 2021
उनले अछाममा आफैले खिचेको सूगुरको तस्विर राख्दै रावललाई जवाफ दिएका छन्,‘केही सुँगुरलाई फोहोरको डुंगुर नै मन परेकाले पो हो कि ? फोहोरकै डुंगुरमा रमाउने अछामको सुँगुर चैँ यस्तो खाइलाग्दो थियो।’
डाक्टर रामेश सामाजिक सञ्जाल प्रयोगकर्ताका रुपमा समेत चर्चित छन् । उनी चिकित्सकमात्रै नभएर लेखक समेत हुन् ।




