देश

कांग्रेस पदाधिकारी मतगणना : महामन्त्रीमा प्रदीप पौडेल र उपसभापतिमा चन्द्रकान्त भण्डारीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतगणनामा महामन्त्रीतर्फ प्रदीप पौडेल र खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन् । समावेशी उपसभापतिमा विनोदकुमार चौधरी र महिला महामन्त्रीमा डा. डिला संग्रौला अगाडि छन् ।

निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्री पदतर्फ ४ हजार १०० मत गणना भइसकेको छ । यसैबीच, पदाधिकारीअन्तर्गत सहमहामन्त्री पदको मतगणना पनि सुरु भएको समितिले जनाएको छ ।

खुला उपसभापतिमा भण्डारीलाई अग्रता

खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा डा। चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धीमध्ये ई। मधु आचार्यले १ हजार २७८, गोविन्द भट्टराईले १ हजार ९१ र सुरेन्द्रराज पाण्डेले १ हजार ६५ मत पाएका छन् । त्यस्तै, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा। डा। चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा चौधरी अगाडि

समावेशी उपसभापतिको एक पदका लागि भइरहेको मतगणनामा विनोदकुमार चौधरीले १ हजार २६ मत प्राप्त गरेका छन् । जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन् ।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता

खुला महामन्त्रीका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गरेका छन् । उदयशमशेर राणाले १ हजार ३३३ र डा। सुनिलकुमार शर्माले १ हजार १७५ मत पाएका छन् । यसैगरी, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा। सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन् ।

महिला महामन्त्रीमा डिला संग्रौला अगाडि

महिला महामन्त्रीको एक पदका लागि जारी मतगणनामा डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ र रिता खनालले ४२० मत पाएकी छन् । कांग्रेस महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतगणना जारी छ । सहमहामन्त्री पदको मतपरिणाम आउन बाँकी रहेकाले निर्वाचन समितिले क्रमशः परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *