काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा मन्त्रीको रुपमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष शपथ उनले लिएका हुन् ।
नेकपा एमालेले सरकार छाडेसँगै रिक्त बनेको मन्त्रालयको जिम्मेवारी देवकोटालाई दिने तयारी गरिएको हो। देवकोटा यसअघि पनि ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेता हुन्।यसअघि देवकोटाले मन्त्रालय छाडेपछि ऊर्जा मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई दिइएको थियो। पछिल्लो जिम्मेवारी हेरफेरसँगै न्यौपानेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयलाई उच्च बजेट भएका महत्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ। मन्त्रालयको जिम्मेवारी हेरफेरसँगै प्रदेश सरकारको कार्यसम्पादन र विकास आयोजनाको प्राथमिकतामा समेत नयाँ प्रभाव पर्ने अपेक्षा गरिएको छ।




