देश

प्रधान सेनापति सिग्देल चीन प्रस्थान, सैन्य सहकार्यमा छलफल हुने

काठमाडौं । प्रधान सेनापति महारथी अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। चिनियाँ पक्षको निमन्त्रणामा उनी भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहनेछन्।

नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल बेइजिङतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले चिनियाँ सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्दै नेपाल–चीन द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा सैन्य सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम छ।

भेटवार्तामा दुई देशका सेनाबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहने बताइएको छ।

नेपाली सेनाले प्रधान सेनापतिको चीन भ्रमणलाई नेपाल र चीनबीचको सैन्य सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *