काठमाडौं । चिकित्सहरुले आफूहरु असुरक्षित भएको भन्दै आन्दोलन गरेपछि विरामीको ज्यान खतरामा परेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखेका छन् । आन्दोलन जारी रहेपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गर्दै बिरामीहरुको ज्यान बचाउन लाग्नुपर्ने सुझाव दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको तर चिकित्सकहरु सबै एक भएर स्वास्थ्य सेवा बन्द गरेको बताएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विज्ञप्तिमार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ । चिकित्सकहरूको आन्दोलनलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।
तत्काल देखिएको समस्या समाधानका लागि स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको उनको भनाइ छ । विशेषगरी घटनास्थल वीरगञ्जमा स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भएको तथा त्यसकै आधारमा समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले भने,‘
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक र अन्य सरोकारवालासँग छलफल गरेको तथा प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमा समन्वयमा हुनुहुन्छ ।’ घटनामा संलग्न दोषीमाथि कानुनअनुसार कारबाही हुने विषयमा सम्बन्धित निकायसँग समन्वय जारी छ ।




