काठमाडौं । मृगुको सोरु गाउँपालिका वडा न. १ स्थायी निवासी हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गनेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार निधन भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले उनको उपचारका क्रममा निधन भएको जनाएको छ । आत्मदाह गरेका नेपालीको करिब ५५ प्रतिशत चलन भएका कारण अवस्था चिन्ताजनक अस्पतालले जनाएको थियो । गृहमन्त्रालयले नेपालीलाई बचाउनका लागि राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गरिने र भारतमा उपचारका लागि लैजाने तयारी रहेको बताएका थिए । तर बिहीबार नै सरकारले उनको उपचारमा चासो देखाई हवाईमार्फत भारत लगेको भएका आज उनको ज्यान बच्न विश्लेषण भइरहेको छ ।
गृहमन्त्री गुरुङले उपचारका प्रयास गरे पनि सो प्रयासमा ढिलाई हुँदा उनको ज्यान गयो । सो विषय आज संघीय संसदमा गम्भिर रुपमा सांसदहरु उठाएका छन् । नेपाली कांग्रेसका सांसद खडगबहादुर शाहीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालीको मृत्यु बिहीबार राती नै भइसकेको र सरकार र अस्पतालले पत्रकार सम्मेलन गरेर उपचार जारीरहेको बताएको जनाएका छन् । सांसद शाही र नेपाली कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले मृत्यु भएका व्यक्तिलाई मृतक घोषणा गर्नुको सट्टा राज्यले किन फण्डा रचेको भन्दै प्रश्न गरेपछि अस्पतालले शुक्रबार नेपालीलाई मृतक घोषणा गरेका थिए । यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि सरकारले चाहेको भए बिहीबार नै हवाई मार्गमार्फत भारत लैजान सक्ने भन्दै गृहमन्त्री गुरुङलाई कन्टेन्ट क्रिएटर भन्दा वास्तविक गृहमन्त्री हुन आग्रह गरे ।
सरकारले उनको सम्पूर्ण खर्च बेर्होने निर्णय समेत गरेको थियो । तर उनको उपचारकै क्रममा अस्पतालमा निधन भएपछि सो विषयमा गम्भिर प्रश्न चिह्न खडा भएका छन् । राज्यले सवारी चालकलाई नियमन गर्न सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै ट्राफिक जरिवाना बढाएको थियो । त्यसपछि नागरिकहरुलाई धेरै रकम असुल्ने नीति लिएको विषयमा अहिले सडकदेखि सदनसम्म बहस सुरु भएको छ ।
बिहीबार नगरप्रहरीका कारण भाईको अवस्था गम्भिर भएको भन्दै उनका दाजूले राज्यसँग हार गुहार माग्दै महानगर र ट्राफिकको व्यवहारका कारण घटनाले यस्तो रुप लिएको बताएका थिए । गणेशले चलाएको मोटरसाइकल मुगास्थित पारिवारिक जग्गाको लालपुर्जा धितो राखेर किस्ताबन्दीमा निकालिएको तीन महिना मात्र भएको उनका दाईको भनाई थियो । नेपालीको शरीरको करिब स्वर्गीय नेपालीको शरिर ५५ प्रतिशत भाग जलेकाले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर असर पुगेकाले उनलाई बचाउन निकै मुस्किल रहेको वीर अस्पताक चिकित्सकहरूको भनाइ थियो।
उनको सुरक्षाका लागि प्लास्टिक सर्जरी विभागले समिति समेत गठन गरेको थियो । प्लास्टिक सर्जरीका लागि विभागका संयोजक डा। पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको अस्पतालले जनाएको छ । उक्त टोलीमा प्लास्टिक सर्जन, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा अनुभवी नर्सिङ जनशक्तिको सहभागिता रहेको अस्पतालको भनाइ छ ।
. स्वर्गीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगर प्रहरीको टोलीले मोटरसाइकलमा ह्वीललक लगाइदिएको थियो । त्यसपछि नेपालीले नगरप्रहरीको ज्याजतीका कारण आफूले आत्मदाह गर्न बाध्य भएको भन्दै उनले आत्मदाहको प्रयास गरेका थिए ।
उक्त घटनापछि ट्राफिक व्यवस्थापन, नगरप्रहरीको कार्यशैली, जरिवाना प्रणाली र नागरिकप्रतिको राज्यको जिम्मेवारीबारे देशभर व्यापक बहस सुरु भएको थियो। उनको निधनसँगै घटनाले थप गम्भीर मोड लिएको छ । घटनाको निष्पक्ष छानबिन र आवश्यक नीतिगत सुधारको मागसमेत चर्किएपछि शुक्रबार शुक्रबार प्रदर्शनकारीहरुले राज्यको निरङकुश शासन शैलीको आलोचना गर्दै सिस्टम सुधारको मागसहित माइतीघर मण्डलामा न्यायको माग राख्दै प्रदर्शन गरेका छन् ।
माइतीघरदेखि वीर अस्पतालसम्म र्याली निकाल्दै घटनाको निष्पक्ष छानबिन र जिम्मेवार पक्षमाथि कारबाहीको माग प्रदर्शनकारीहरूले राखेका हुन् । नेपालीको मृत्युपछि वीर अस्पताल परिसरको वातावरण तनावपूर्ण देखिएको छ । सुरक्षाका लागि सरकारले सुरक्षाकर्मीलाई बाक्लो रुपमा उपस्थित गराएको छ । सो क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
यस्तै वि.स २०७९ सालमा तत्कालीन सरकार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको थियो । उक्त सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने थिए। लामिछाने हालका रास्वपा सभापति छन् । तत्कालीन समयमा पनि राज्यले गरिब नागरिकहरुमाथि गरेको दमनका कारण इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गरेका थिए । उनले आफ्नो व्यापारमा आर्थिक संकट सिर्जना भएको भन्दै सरकारको विरोधमा २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गरेका थिए। उनको पनि उपचारकै क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा माघ ११ गते निधन भएको थियो।
उनले आत्मदाह गर्नुअघि सामाजिक संजालमार्फत समेत सरकारको ध्यानाकर्षण गराएका थिए । तर बारम्बार सरकारको विरोध ,ध्यानाकर्षण र सुझाव दिदाँ समेत सरकार निरङकुश शैलीमा अघि बढेपछि पीडितको पीडा सुन्ने कोही नभएको भन्दै उनले आत्मदाह गरेका थिए । उनले मृत्यु अघि सामाजिक संजाल फेसबुकमा लामो मृत्युपत्र लेखेका थिए । उनले संजालमा लेखेका थिए व्यापारमा डुब्नुमा राज्यको गलत नीति, ठूला व्यापारिक घराना, र भुक्तानी नदिने व्यक्ति तथा कम्पनीहरू जिम्मेवार रहेको उल्लेख गरेका थिए। आर्चायको मृत्युपश्चात परिवारले आराप लगाएका ११ जना व्यक्ति र संस्थाविरुद्ध नेपाल प्रहरीले सरकारविरुद्ध आत्महत्या दुरुत्साहनुको मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो। यसक्रममा प्रहरीले व्यवसायी उपेन्द्र महतो लगायतसँग बयान लिएको थियो।
जनेजी आन्दोलनपछि बनेको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री सुदन गुरुङ रहेका छन् । तत्कालीन गृहमन्त्री रहेका रवि लामिछाने अहिले रास्वपाका सभापति रहेका छन् । रास्वपाकै नेतृत्वमा सरकार गठन भएको छ । रास्वापको सरकारले गरिब ,निमुखा,किसान र मजदुरको पक्षमा नभएको देखिएपछि चौतर्फी आलोचना भइरहेको छ । तत्कालीन समयमा गृहमन्त्री रवि लामिछानेले आगमी दिनमा कसैको यस्तो हुन नदिने बताएका थिए । तर आज गणेश नेपालीको अर्को आत्मदाह प्रकरणले सरकारको गतिविधिका विषयमा गम्भिर प्रश्न चिह्न उठाएको छ ।




