खेलकुद

विश्वकपको अन्तिम आठ टोली तय, क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । जारी फिफा विश्वकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ। गएराति अन्तिम १६ का खेल सम्पन्न भएसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो।

अन्तिम १६ बाट पोर्चुगलसहित तीनै आयोजक राष्ट्र क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन्। त्यसैगरी ब्राजिल र कोलम्बिया पनि विश्वकपबाट बाहिरिएका छन्।

क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले स्थान बनाएका छन्।

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्यान्डसँग तथा स्विट्जरल्यान्डले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछन्।

क्वाटरफाइनलका खेल नेपाली समयअनुसार बिहीबार रातिदेखि सुरु हुनेछन्। पहिलो खेलमा बिहीबार राति १ः४५ बजे फ्रान्स र मोरक्को भिड्नेछन्। दोस्रो खेल शुक्रबार राति १२ः४५ बजे स्पेन र बेल्जियमबीच हुनेछ। तेस्रो खेल शनिबार राति २ः४५ बजे नर्वे र इङ्ल्यान्डबीच हुनेछ भने चौथो खेल आइतबार बिहान ६ः४५ बजे स्विट्जरल्यान्ड र अर्जेन्टिनाबीच हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *