नेपाल टलिकमले आफूलाई आवश्यक पनेृ सफ्टवेयर आफै बनाउन सक्षम भएको छ । अहिले टेलिकमले भ्वाइस र डेटा सेवामा सीमित रहनुपर्ने बाध्यताको अन्त्य गर्दैm सरकारी स्वामित्वको नेपाल टेलिकमले आफूलाई आवश्यक पर्ने सफ्टवेयर आफैँ निर्माण गरेर संचालन गर्न सक्षम भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै टेलिकमले आफ्नै जनशक्तिलाई सक्रिय गराएर नै आवश्यक सामाग्रीको निर्माणमा जोड दिएको हो । सो विषयले अब आफूलार्ई आवश्यक पर्ने सफ्ट्वेयर आफै नै निर्माण गर्नुपर्ने सन्देश दिएको छ । सो सफ्ट्वेयर निर्माण गरेसँगै निरन्तर सञ्चालन घाटा टेलिकमलाई राहत मिल्नुको साथै आफैँले देशमै दक्ष जनशक्तिलाई परिचालन गरेर रोजगारीको वातावरण मिलाउने विषयमा सक्षमता देखाएको छ ।
ठूला तथा मझौला व्यावसायिक संस्थाहरु भाइब कोडिङको प्रचलन बढ्दै गइरहेको बेला एआईका विभिन्न प्लेटफर्महरूको तीव्र विकाससँगै भाइब कोडिङ अझ बढी भाइब्रेन्ट तिव्र बन्दै गइरहेको छ । भाइब कोडिङले आफैँले कोड नलेखेर त्यससम्बन्धी सबै आइडिया एआई प्लेटफर्मलाई स्पष्ट जानकारी गराएपछि कोड लेखाउन लगाउने नयाँ शैलीको सफ्टवेयर विकास प्रक्रिया रहेको टेलिकमले जनाएको छ ।
सोही प्रवृद्धि अनुसार टेलिकमले पनि आफूलाई चाहिने सफ्टवेयर आन्तरिकरूपमा नै तयार गरिरहेको छ। विश्वका टेक जायन्ट कम्पनीहरू माइक्रोसफ्ट, गुगललगायतले पनि कोडिङको ६० प्रतिशत हिस्सा एआईले बनाउने गरेको प्रतिक्रिया सार्वजनिक गर्दै आएका छन् । टेलिकमले नेपालमा सो प्रविधिको विकास गरेर संचालनमा ल्याएको हो ।
टेलिकमका उपप्रबन्धक इन्जिनियर राजेन्द्र दुलालका अनुसार टेलिकमले आँफूलाई चाहिने सफ्टवेयर आफैँले निर्माण गरेर संचालनमा ल्याएको हो । टेलिकमले इनहाउस सफ्टवेयर विङ नै खडा गरेको उनको भनाइ छ । विङमार्फत टेलिकमले ससाना पोर्टल निर्माण गर्दै सेवा प्रवाह सुधार गरिरहेको दुलालले जानकारी दिए ।
टेलिकम धेरै कर्मचारी र सांगठनिक उपस्थिति भएको संस्था हो। २०८१८२ को तथ्यांकअनुसार टेलिकममा ३ हजार ६३२ कर्मचारी छन्।टेलिकमले इनहाउस सफ्टवेयर विङ मिटिङ म्यानेजमेन्ट पोर्टल नामक सफ्टवेयर बनाएर सञ्चालनमा ल्याइसकेको छ। यसले कर्मचारीहरुलाई कार्यसम्पादनमा सहजता तुल्याएको छ ।
टेलिकमले दिने सबै दूरसञ्चार सेवाको टिकेटिङ प्रणाली आआफ्नै कि९सिमको छ। जीएसएम, भ्यालु एडेड सर्भिस, फाइबरलगायत अरुको आ९आफ्नै टिकेटिङ प्रणाली छ। यसलाई व्यवस्थित बनाउन टेलिकमले एकीकृत टिकेटिङ सिस्टम आफ्नै सफ्टवेयर विङबाट निर्माण गरिरहेको उपप्रबन्धक दुलालले जनाएका छन् ।
।टेलिकमको सबैभन्दा महत्त्वपूर्ण पक्ष ट्रान्समिसन (आइपी) प्लानिङ लामो समयदेखि म्यानुअल्ली गर्दै आएको थियो। यसलाई पनि टेलिकमले आफ्नो इनहाउस सफ्टवेयर विङमार्फत् अनुरोध (रिक्वेस्ट) आउनेबित्तिकै स्वचालितरूपमा ट्रान्समिसन (आइपी) तोकिदिने प्रणाली विकास गरेको छ। यो संगै टेलिकमले कम्पनीमा आएका गुनासाहरु समाधानका लागि विभिन्न प्रविधीको विकासमा सक्रियताका साथ अघि बढेको छ ।




