देश

सिमा विवाद समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिवद्धता

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा तीन दिने भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । भ्रमणका क्रममा नेपाल र भारतबीचको व्यापार, लगानी, ऊर्जा क्षेत्र र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरेर लामो समयदेखि विवाद बनेको नेपाल भारत सिमा विवाद समाधान गनेृ संकल्पसहित भारत भ्रमणमा खनाल भारत प्रस्थान गरेका हुन् । भारत भ्रमणअघि उनले वर्तमान समयमा उठेका सबै समस्या समाधान गरेर नेपाल फर्कने मन्त्री खनालले प्रतिवद्धता जाहेर गरेका छन् । प्रस्थानअघि उनले भने, “हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं ।”

उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताए । ‘हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौं,’ खनालले भने । नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयको भनाइ छ ।

दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची समेत रहेको परराष्ट मन्त्रालयले जनाएको छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ । परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका छ ।

यसअघि रास्वपा सभापति पाँच दिने भ्रमणमा भारत पुगेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि ,भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर, भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा अध्यक्ष नितिन नवीनसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको हो। सो भ्रमण अर्थपूर्ण भएको खुलासा गदै रविले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । भेटमा मोदीले भारत सरकार वर्तमान बालेन्द्र शाह सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । भारतले रविलाई भव्य स्वागत गरेपछि लामिछानेले अबको यात्रा समृद्धि र शान्ति सुरक्षाका रहेको समेत बताएका थिए ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *