अर्थ

कात्तिकदेखि बचत खातामा झनै सस्तो ब्याज, २० वटा वाणिज्य बैंकमध्ये ९ बैंकको ब्याजदरमा केही हेरफेर

काठमाडौं । बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार बचत तथा मुद्दती निक्षेप दुवैमा ब्याजदर झनै घटेको छ।

वाणिज्य बैंकहरूले हरेक महिनाको अन्त्यअघि आगामी महिनाको ब्याजदर तोक्ने प्रावधानअनुसार यसपटक पनि नयाँ दर लागू गरेका हुन्। २० वटा वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदरमा सानो हेरफेर गर्दा बाँकीले अघिल्लो दरमै निरन्तरता दिएका छन्।

नयाँ दरअनुसार साधारण मुद्दती निक्षेपमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.७८ प्रतिशत ब्याजदर तोकिएको छ। एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा भने ब्याजदर ३.२५ देखि ४.५ प्रतिशतसम्म रहेको छ। लामो अवधिको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ६ प्रतिशतसम्म कायम छ।

संस्थागत मुद्दती खातामा अधिकांश बैंकहरूले २.७५ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्। ग्लोबल आईएमई बैंकले सबैभन्दा उच्च ३.२५ प्रतिशत ब्याजदर तोकेको छ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर घोषणा गरेका छन्।

बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार तरलता प्रचुर र ऋण माग सुस्त हुँदा ब्याजदरमा निरन्तर गिरावट आएको हो। निकट भविष्यमा पनि ब्याजदर स्थिर वा अझ घट्ने अनुमान गरिएको छ।

kartik interest rate

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *