काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन्। करिब ३० मिनेटसम्म चलेको भेटमा आन्दोलनका माग र सुशासनबारे प्राथमिक छलफल भएको स्रोतले जनाएको छ।
भेटमा मेयर शाहले आन्दोलनका मागलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनले उठाइएका मुद्दा सम्बोधन नगरेसम्म असन्तुष्टि बढ्ने चेतावनीसमेत दिएको स्रोतको दाबी छ।
प्रधानमन्त्री कार्कीले आफू ‘जेनजी आन्दोलन’ का मागप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचन र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने विश्वास दिलाएकी थिइन्। भेटमा प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदी र सचिवालयका सदस्यहरू उपस्थित थिए भने मेयर शाहतर्फबाट सहयोगी कुमार बेन सहभागी थिए।
स्रोतका अनुसार, भेट औपचारिकभन्दा बढी अनौपचारिक शैलीमा भएको भए पनि केन्द्रविन्दु भने आन्दोलनका मागमै केन्द्रित थियो।




