देश

विश्वविद्यालय तथा विद्यालयहरूलाई शिक्षामन्त्री पुनको तीन बुँदे निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालय तथा विद्यालयहरूलाई तीन बुँदे निर्देशन जारी गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्तीमा एक कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन्। उनका अनुसार विद्यार्थीलाई सूचना प्रविधि शिक्षाबाट वञ्चित हुन नदिन यो व्यवस्था तत्काल लागू गर्नुपर्नेछ।

त्यस्तै, मन्त्री पुनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिना देखी १ वर्षसम्म ढिलाइ गर्ने गरेकोप्रति असन्तोष व्यक्त गर्दै, ३ महिनाभित्र अनिवार्य रूपमा नतिजा छाप्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। नियम उल्लंघन गर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्।

यस्तै, उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरलाई आकर्षक बनाउन ठूलो क्षेत्रफलमा फैलिएका झाडी फाँडेर, रुखहरू सुरक्षित राख्दै सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्न आदेश दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *