काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ ले मुलुकलाई हल्लाइदियो । दुई दिनमै ३६ भन्दा बढीको ज्यान जाने, सयौं घाइते हुने र प्रधानमन्त्री ओलीको राजीनामा आउनेजस्तो घटनाक्रमपछि अब सबैको दृष्टि आन्दोलनको ‘नेतृत्व’ को दिशामा केन्द्रित भएको छ । तर, आन्दोलनको प्रतिनिधित्व गर्दै शीतल निवासमा वार्ता टेबलमा बसेका सुधन गुरुङकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएका छन् ।
जेन–जी आन्दोलनलाई समर्थन जनाएका काठमाडौं मेयर बालेन्द्र साहले आफ्नो उमेर (३५) ‘जेन–जी’ को परिभाषाभन्दा बाहिर पर्छ भन्दै प्रत्यक्ष नेतृत्व लिन अस्वीकार गरे । तर, ३६/३८ वर्षका सुधन गुरुङ अहिले आन्दोलनको नाममा राष्ट्रपति र सेनापतिसम्म वार्तामा पुग्नु विडम्बनापूर्ण देखिएको छ । आन्दोलनलाई ‘युवापुस्ताको आवाज’ भनेर चित्रण गरिएको भए पनि अगुवाको उमेर नै विवादास्पद हुनु आन्दोलनको वैधानिकता र नैतिकतामाथि प्रश्न खडा गर्छ ।
सुधनको पृष्ठभूमि :क्लब व्यवसायदेखि एनजीओसम्म
सुधन गुरुङ रात्री व्यवसाय (डिजे र क्लब) बाट चर्चामा आएका व्यक्ति हुन् । २०७२ को भूकम्पपछि उनले ‘हामी नेपाल’ नामक एनजीओ स्थापना गरेर सामाजिक सेवा सुरु गरे । हाल १६०० सदस्यीय संस्थाले करोडौंको डोनेसन संकलन गरेको देखिन्छ । सन्दुक रुइतजस्ता प्रतिष्ठित नामहरू ‘संरक्षक’ भए पनि चीनविरुद्धको एनजीओसहित विभिन्न स्रोतबाट आएको निधि पारदर्शी छ वा छैन भन्ने प्रश्न उठिरहेको छ ।
धरान मेयर हर्क साम्पाङसँग सुरुमा ‘सहकार्य’ मा देखिएका सुधन पछि आलोचना र व्यक्तिगत खटपटका कारण पूर्ण रूपमा अलग भए । ‘ढुंगा बोकेर विकास नहुने’ भन्ने उनको टिप्पणी भाइरल भएपछि दुवैबीच सम्पर्क विच्छेद भएको बताइन्छ । यही प्रवृत्तिले उनलाई ‘स्थायी आन्दोलनकारी’ भन्दा ‘प्रोजेक्ट–आधारित अगुवा’ को रूपमा हेर्ने आरोप थपिएको छ । जेन–जी नभएका सुधन कसरी आन्दोलनका आधिकारिक प्रतिनिधि भए ? आन्दोलनमार्फत् सरकारलाई झुकाउने व्यक्ति नै करोडौंको एनजीओ बजेट बोकेर वार्ता टेबलमा बस्दा पारदर्शिता कसरी सुनिश्चित हुन्छ ? विदेशी दाताको चासोले आन्दोलनको एजेन्डा प्रभावित त भएको होइन ?
जेन–जी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक प्रभाव पारिसकेको छ । तर, यस आन्दोलनको नेतृत्वमा देखिएका व्यक्तिहरूमाथि नै स्पष्टता र विश्वासको कमी रहँदा आन्दोलनको नैतिक शक्ति कमजोर हुने खतरा बढेको छ । सुधारका नाममा सुरु भएको आन्दोलन ‘व्यक्तिगत छवि निर्माण’ वा ‘एनजीओ–प्रोजेक्ट’ मा सीमित हुने हो कि भन्ने संशय आम नागरिकमा फैलिनु अब सरासर आन्दोलनकै चुनौती बनेको छ ।
अहिले जेनजी समुहबाट परिचालित देखिने समुहहरुले विभिन्न राजनैतिक दलका नेताहरुसँग मिलेर प्रदर्शन गरेको प्रष्ट बुझ्न सकिन्छ । राप्रपा,रास्वपा,माओवादी तथा अन्य पार्टीको चलखेलका माध्यमबाट सुरु भएको गरेको हिंशात्मक आन्दोलनकारीले देशको प्राचिन इतिहास,विश्वले चिनेको पहिचान समेत नष्ट पारेका छन् । त्यति मात्र होइन्,देशको न्यायालय,संसद भवन सिंहदरबार ,ठूला नेताका घरहरु,सवारी साधन र व्यावसायी कारखानमा समेत आगो लगाए । आक्रोसले उर्लिएको भिडमा लागेर मानवताहीन गतिविधि गर्दै नेता,सर्वसाधारणलाई समेत निर्धात कुटपिट गरे । खबौं सम्पती नस्ट गरे । इतिहास जलाएपछि पत्रकार सम्मेलन गर्दै त्यो सम्पती किन जलाइयो भन्दै पछुताउन थालेका छन् । सो गतिविधि आफूहरुले नगरेर रास्वपा ,राप्रपा र माओवादीका नेता तथा कार्यकर्ताहरुले गरेको उनको दाी छ ।
विना नेतृत्व र बिना प्लान अघी बढेका जेनजी समुहले देशलाई पचास बर्ष धकेलिदिएका छन् । नेपाललाई दाग लगाइदिएका छन् । जनताको सुरक्षामा खटिएका प्रहरीलाई समेत मारे । उनीहरुबस्ने कार्यालय समेत जलाएर भगाए । सो कारण अहिले देशका नागरिकहरुले एजेण्डा ठीक भए पनि विनाशकारी घटनामा लाग्ने विध्वश मच्याउने भने आलोचना गरिरहेका छन् ।
अन्तत : जेन जी आन्दोलन
जेनजी आन्दोलन :भिजन विनाका आँखा जस्तै
पानी विनाको रितो गाग्री जस्तै
ड्राइभर विनाको सवारी जस्तै
विवेकहीन अनुहार जस्तै
विध्वंशकारी हात जस्तै
अनुशासहीन अनुहार जस्तै
चावी बिनाको साँचो जस्तै
समवेदनाहीन आत्मा जस्तै
नदिमा आएको बाढी जस्तै बनेको देखिन्छ ।




