देश

संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल

काठमाडौँ ।सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधि र प्रक्रियाको उच्चपालना गरी कानुन निर्माणलाई द्रुत रुपमा अघि बढाइने बताएका छन् । संसदीय मामिला पत्रकार समाजसँग आज भएको छलफलमा उनले सदनबाट छिटो कानुन निर्माण हुनसके त्यसको तत्काल लाभ नागरिकले पाउने भएकाले त्यस विषयलाई ध्यान दिन जरुरी रहेको स्पष्ट पारे ।

सभामुख अर्यालले भने, “कानुन निर्माणमा ढिलाइ हुँदा समाजलाई ठूलो असर पार्ने र त्यसको असर सोचेभन्दा फरक आउन सक्छ भन्ने पाटोलाई ध्यान दिनुपर्छ ।” समाज निर्माणमा सबै क्षेत्रको उत्तिकै भूमिका हुने बताउँदै उहाँले राम्रा नजिर र असल अभ्यासलाई आत्मसात गर्ने प्रतिबद्धता जनाए ।

सभामुखले भने, “म व्यक्ति नभई इन्ष्टिच्युसनको नेतृत्व गरिरहेको छु । स्वदेशमा मात्र होइन विदेशबाट हेर्दा पनि सम्मान होस् । आफ्नो मूल्यमान्यतामा बसिरहोस् । नचुकोस् भन्ने मेरो मान्यता रहन्छ ।”

संसद्बाट नेपाली जनताले गरेको अपेक्षाभन्दा धेरै र राम्रो नतिजा दिन सकियोस् भन्नेतर्फ आफ्नो ध्यान गएको उल्लेख गर्दै सभामुख अर्यालले कार्यसम्पादनका सिलसिलामा भएका र देखिएका कमीकमजोरी औँल्याइदिएर सहयोग गर्न आग्रह गरे ।

“जेनजी आन्दोलन, जनताको चेतना, वर्तमान परिदृश्य, निर्वाचनपछि गठनभएको सरकार र जनअपेक्षाजस्ता कुराहरुबीच कहीन काही सम्बन्ध जोडिएका पक्षमा ध्यान पु¥याउन आवश्यक छ”, उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *