देश

निर्वाचनमा एकल मैदानमा जाने नेपाली कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले आगामी दिनमा निर्वाचनमा जाँदा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल मैदानमा उत्रने संकल्प लिएको छ । आइतबारबाट काठमाडौंँमा जारी १५ औँ महाधिवेशनको राजनैतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेसका सभपाति गगनकुमार थापाले सो प्रस्ताव अघि सारेका हुन् ।

कांग्रेसले विगतमा अन्य पार्टीसँग गठबन्धन गर्दा पार्टीको नैतिक धरातलमा नै ठेस पुगेको समेत निष्कर्ष निकालेको छ । दस्तावेजमा भनिएको छ, ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धता दस्तावेजमा उल्लेख गरिएको छ । पार्टीलाई सक्रिय बनाउनका लागि र नीति र विधिमा बाँध्नका लागि सो अनुसार अघि बढ्ने रणनीति लिएको उल्लेख गरिएको छ ।

संविधानको रक्षा, विपद्, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा आवश्यक सहकार्य गर्न सकिने तर सहकार्यलाई सत्ता वा संस्थाको भागबन्डामा बदलिन नदिने दस्तावेजमा उल्लेख छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य नबनाउने कांग्रेसको प्रतिबद्धता छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *