काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार साउन १६ गतेदेखि सुरू भएको बैठकमा आज पनि समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल जारी रहनेछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमाथि शनिबारसम्म १८ जना स्थायी समिति सदस्य, पाँच जना पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखिसकेका छन्। बैठकमा बाँकी सदस्यहरूले आज धारणा राख्ने कार्यक्रम रहेको छ।




