देश

युवाले कांग्रेस छाडे लोकतन्त्र डुब्छ राजनीतिप्रति वितृष्णा होइन, आकर्षण चाहिन्छ : नेता डा. शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।

नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस विराटनगर महानगर वडा नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए ।

राजनीतिप्रति युवाहरुको वितृष्णा रहेको भन्दै कोइरालाले यो वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे । कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कांग्रेस नेता रमेशजंग रायमाझी लगायतको सहभागिता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *