देश

बागमती प्रदेशमा इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै , बागमती सरकारलाई पार्दर्शी ढङ्गबाट अगाडी बढाउने अपेक्षा

काठमाडौं। बागमती प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ। नेपाली कांग्रेसका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। बानियाँको आगमनसँगै अब प्रदेशमा पारदर्शिता, जवाफदेहिता र स्थायित्वको अपेक्षा गरिएको छ। नेपाली कांग्रेस संसदीय दलको नेता चयन भएपछिको पहिलो सार्वजनिक अभिव्यक्तिमा बानियाँले वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामालाई ‘नैतिक जिम्मेवारी’ वहन गर्दै राजीनामा दिन आग्रह गरे। उनले भने, “विश्वास गुमाएका नेताले मार्गप्रशस्त गर्नु समयको माग हो।”

मुख्यमन्त्री लामाले पनि परिस्थिति बुझेको देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामा राजीनामाको तयारीमा छन्। हाल उनी आफ्ना नजिकका सांसदहरूसँग परामर्शमा व्यस्त छन्। लामा आफ्ना समर्थकहरूको राजनीतिक भविष्य सुरक्षित गर्न चाहन्छन्। बागमती प्रदेश मुख्यमन्त्रीको लाइनमा कित्ता किलियर गरेका इन्द्र बानियाँ २०४४ सालदेखि सक्रिय राजनीतिमा छन्। मकवानपुरमा कम्युनिष्टको गढ तोड्दै संविधानसभा सदस्य भएका उनी बागमती प्रदेशको राजनीतिमा अब एक प्रभावशाली नेतृत्वका रूपमा उदाउँदै छन्।

संस्कृति, पर्यटन, गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी निभाएका बानियाँ हाल बागमती कांग्रेसका सभापति पनि हुन्। राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका बानियाँलाई अब नेतृत्वको नयाँ अवसर मिल्दैछ। बागमतीमा बाँनिया मुख्यमन्त्री बनेपछि बागमती प्रदेशमा देखिएको असन्तुलनलाई सन्तुलित बनाएर अघि बढाउने जनाताले अपेक्षा लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *