देश

स्पेन भ्रमणमा नफर्किएका सहभागीबारे सांसद गौतमको गम्भीर प्रश्न, उच्चस्तरीय छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा गएको टोलीका केही सदस्यहरू नफर्किएको विषयलाई गम्भीर प्रश्न उठाउँदै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेकी छिन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली गत १४ असारमा स्पेन गएको सम्मेलनका नाममा केही व्यक्तिहरू कार्यक्रमको बाहनामा विदेश गएर बेपत्ता भएको समाचारप्रति चिन्ता व्यक्त गरिन्।

उनको भनाइमा, “यो केवल त्रिभुवन विमानस्थलको मुद्दा होइन, नेपालीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमको नाममा लोभ देखाएर विदेश लैजाने गिरोहसँग जोडिएको विषय हो।” गौतमले भिजिट भिसाको दुरुपयोग गरी भइरहेका कार्यहरूविरुद्ध संसदमा आवाज उठाउँदै आएका छन्। उनले कुनै व्यक्तिविशेषमाथि आरोप नभए पनि सरकारले गम्भीर विषयमा स्वार्थ बाझिने र कमजोर संयोजन भएको टालटुले समिति बनाएकोप्रति आपत्ति जनाइन्। रास्वपाको स्पष्ट अडान भनेको स्वतन्त्र र प्रभावशाली उच्चस्तरीय छानबिन समिति अनिवार्य बन्नु पर्ने हो भन्ने उनले स्पष्ट पारिन्।

प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा केही सदस्यहरुले स्पेनको स्थाई बसाईका लागि १४÷१५ लाख रुपैयाँ तिरेर गएको अडियो समेत सार्वजनिक भएको थियो । त्यसपछि सो विषयमा सामाजिक संजाल फेसबुकमा छरपस्ट समेत भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *