काठमाडौं । पतञ्जली योगपीठको हदबन्दी छुट प्रकरणमा मुछिएका नेकपा (एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको थुनछेक बहस बुधबार विशेष अदालतमा सकिएको छ। बहस सकिएसँगै अब अदालतको आदेश आजै आउने सम्भावना उच्च छ।
माधव नेपाल आफैं अदालतमा उपस्थित भई सुनुवाइपछि क्यान्टिनमा बसेर आदेशको पर्खाइमा छन्। विशेष अदालत परिसरमा उनको मुद्दालाई लिएर राजनीतिक र कानुनी चासो बढेसँगै चहलपहल समेत उल्लेख्य रूपमा बढेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीलाई हदबन्दी छुट दिने निर्णय प्रक्रियामा अनियमितता भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अब अदालतले नेपाललाई थुनामुक्त गर्ने वा धरौटीमा छोड्ने, अथवा थुनामा पठाउने निर्णय दिनेछ। त्यसैले अदालत परिसरमा नेतादेखि वकिल र सर्वसाधारणसम्मको भीड लागेको छ।




