काठमाडौं । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन आज संसद्मा प्रस्तुत हुने भएको छ।
संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
सूचना हकको प्रवर्द्धन, पारदर्शिता र उत्तरदायित्वमा आयोगको भूमिका झल्काउने प्रतिवेदन सार्वजनिक रुपमा प्रस्तुत भएपछि सांसदहरूले त्यसमा छलफल गर्ने अपेक्षा गरिएको छ।




