देश

सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, जबर्जस्ती उठिबास रोक्न माग

काठमाडौं । सुकुम्बासी बस्तीबाट जबर्जस्ती उठिबास गराउन लागेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

थापाथलीस्थित सुकुम्बासी बस्तीका गोपाल रन पहेलीसहितका निवेदकहरूले शुक्रबार रिट दायर गर्दै सरकारको उक्त कदम रोक्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौँ महानगरपालिकाले नदी किनारका बस्तीहरू खाली गर्न दिएको सूचनापछि निवेदकहरू अदालत पुगेका हुन् ।

रिटमा भूमिहीन सुकुम्बासी परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्थाविना कुनै पनि प्रकारको जबर्जस्ती हटाउने कार्य नगर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । साथै सुरक्षा निकाय प्रयोग गरी बल प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।

निवेदकहरूले तत्काल सुनुवाइको माग गरे पनि सर्वोच्च अदालतमा रिट दर्ता प्रक्रियाका कारण सोमबारसम्म प्राथमिक सुनुवाइ हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *