राजनीति

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा रास्वपा संसदको मर्यादाविपरित रिवन लगाएर प्रवेश, संसद बैठक अवरोध गर्ने रणनीतिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई अवरुद्ध गर्न संसद भवनमा रंगीचंगी रिवनसहित प्रवेश गरेको दृश्य न केवल हास्यास्पद लाग्यो, संसदको मर्यादामाथिको गम्भीर प्रश्न पनि बन्यो।

रास्वपाका सांसदहरूले कालो रिबन बाँधेर संसदमा देखाउन खोजेको असन्तोष संसदको औपचारिक प्रकृति र प्रक्रियाको खिल्ली उडाउने शैलीमा प्रस्तुत भयो। विशेषतः प्रधानमन्त्री संसदमा प्रत्यक्ष उपस्थित भएर जनप्रतिनिधिहरूका जिज्ञासाको उत्तर दिन आएका बेला यस्तो अवरोध गर्ने रणनीति बालसुलभजस्तै देखिएको छ।

संसद बैठकलाई बारम्बार अवरोध गर्ने, नाराबाजी र प्रतीकात्मक प्रदर्शनमार्फत ध्यान तान्ने प्रवृत्तिले रास्वपा आफूलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्नेभन्दा पनि गैरजिम्मेवार र अपरिपक्व देखिएको विश्लेषण हुन थालेको छ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने लोकतान्त्रिक अवसरलाई यस्तो ‘ड्रामा’मा परिणत गर्नुले न संसदको गरिमा बढाउँछ, न जनताका सवाललाई समाधानतर्फ लैजान्छ। संसद मर्यादाको रक्षा गर्ने जिम्मेवारी स्वयं सांसदहरूमाथि हुन्छ — तर जब उनीहरू नै त्यसको उल्लंघनमा अग्रसर हुन्छन्, प्रश्न उनीहरूको राजनीतिक परिपक्वतामाथि उठ्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *