देश

पीपीएलएमा नेतृत्व चयन, वरिष्ठ अधिवक्ता अमर थापा अध्यक्ष पदमा विजयी

काठमाडौं .। नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) को नयाँ नेतृत्व चयन भएको छ। वरिष्ठ अधिवक्ता अमर थापा अध्यक्ष पदमा विजयी भएका छन्। थापाले २५६ मत प्राप्त गर्दै संस्थापन पक्षका उम्मेदवार ओमप्रसाद थपलियालाई पराजित गरे, थपलियाले २१३ मत प्राप्त गरे।

अन्य पदमा यस्तो छ नतिजा :

खुला उपाध्यक्षस् भिमसेन बन्जरा निर्विरोध निर्वाचित

महिला उपाध्यक्षस् यसोदा देवी खरेल – ३०५ मत, पराजित हिमा देवी बस्नेत – १५२ मत

महासचिवस् भुवनप्रसाद निरौला – १६३ मत, चूडामणि पौडेल – ७४, शिव अर्याल – ११६, देवीप्रसाद भट्टराई – ८३, शान्तिराम खतिवडा – २७

उपमहासचिवस् बाबुराम राई – २१७ मत, बालकृष्ण आचार्य – १२१, सहकुल खत्री – ११८

सचिव (दुई पद) :

युवककुमार गौतम – १३९ मत

मुकुन्दप्रसाद अधिकारी – १३१ मत (गोलाबाट विजयी, हरिप्रसाद मैनालीसँग समान मत)

महिला सचिवस् अनिता गुरुङ – २२७ मत, राधिका खतिवडा – २२२ मत

यस निर्वाचनले पीपीएलएभित्रको आन्तरिक प्रतिस्पर्धा र एमाले निकट कानुन व्यवसायीहरूको शक्ति सन्तुलनलाई नयाँ दिशा दिएको देखिन्छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *