राजनीति

साइबर सुरक्षा मजबुत बनाउने तयारी, नयाँ विधेयक संसद्‍मा दर्ता

काठमाडौं । डिजिटल युगसँगै बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता गरेको छ। संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन्।

विधेयकको मुख्य उद्देश्य भनेको सूचना प्रविधिको विकास, प्रवर्धन र नियमन गर्नुका साथै साइबर स्पेसमा रहेका डेटा तथा सूचनाको सुरक्षा सुनिश्चित गर्नु हो। साथै, डिजिटल दस्तावेज तथा हस्ताक्षरको वैधता कायम राख्ने र विद्यमान साइबर कानूनहरूलाई अद्यावधिक गर्दै एकीकृत गर्ने प्रस्ताव गरिएको छ। मन्त्री गुरुङका अनुसार, यो विधेयकले डिजिटल संरचनामा विश्वसनीयता थप्ने र साइबर अपराध नियन्त्रणमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *