राजनीति

संसदमा पार्टीका विषयलाई लिएर राप्रपा र रास्वपाको विरोध, हितराज पाण्डे राखे धारणा : एक महिनाभित्र छानबिन समिति बनाउन माग

काठमाडौं । गत जेष्ठ १३ गतेदेखि अवरोध भएको संसद बैठक सत्तारुढ दल नेपाली कांग्रेस्, नेकपा एमाले र माओवादी केन्द्रबिच भएका दुई बुँदे सहमति पश्चात संसद बैठक संचालनमा आएको छ । संचालनमा आएको प्रतिनिधिसभा बैठकमा पार्टीको विषयलाई लिएर राप्रपा र रास्वपाले टेबल ठटाउँदै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएको अवस्थामा रास्वपा–राप्रपाका सांसदहरूले उठेर टेबुल ठोक्दै नाराबाजी गरे। यद्यपि सभामुखले केहीबेर रोकिने प्रयास गरे पनि ती सांसदहरू बस्ने छाँटकाँट नदेखिएपछि पाण्डेलाई धारणा राख्न अनुमति दिइयो।

सत्ता पक्ष र माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरणबारे दुई बुँदे सहमति भइसकेको छ। उक्त सहमतिअनुसार ३० दिनभित्र छानबिन समिति गठन गरिनेछ र सरकार सुधारका कदम चाल्नेछ। तर, रास्वपा र राप्रपाले यो सहमति अपर्याप्त र अस्पष्ट भन्दै असहमति जनाउँदै आएका छन्।

रास्वपा र राप्रपाले संसद् चलाउने निर्णयलाई औपचारिक रूपमा नस्वीकारे पनि बैठक चलिरहेकाे छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *