राजनीति

संसदको गतिरोध अन्त्य गर्ने विषयमा एमाले – कांग्रेस एउटै धारमा छ : योगेश भट्टराई

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद् अवरुद्ध भइरहँदा सत्तारूढ दलहरूमाझ सहमतिको प्रयास जारी छ। यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र नेपाली कांग्रेस सो विषयमा एउटै लयमा रहेको बताएका छन् । संघीय संसद् भवनमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस र एमाले दुवै मिडप्वाइन्ट मा पुगेको बताए। माओवादी केन्द्रले तयार पारेको दुई बुँदे प्रस्तावमा सहमति बन्ने आधार देखिएको उनको भनाइ  छ ।

भिजिट भिसा  प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। तर, सत्ताप्रतिपक्ष दल माओवादी, कांग्रेस, एमाले र समाजवादी दलबीच वार्ता हुँदै आएको भट्टराईले स्पष्ट पारे। रास्वपाले भने आफूहरूलाई वार्ताबाट अलग राखिएको गुनासो गरेको छ। सो सन्दर्भमा पत्रकारको प्रश्नमा भट्टराईले प्रतिप्रश्न गर्दै भने, “एमाले र रास्वपा किन ? कांग्रेस र एमाले कहाँ फरक छन्?”

पत्रकारहरूले छानबिन समिति गठनका सन्दर्भमा पनि एमालेको स्पष्ट धार के हो भनेर सोध्दा भट्टराईले प्रतिक्रिया दिए, “छलफल चलिरहेको छ, तपाईंहरूले देख्नुभएन, तर लेखिहाल्नुहुन्छ। एमालेबारे लेख्नुअघि हामीलाई सोध्नुहोस्।” भट्टराईले अख्तियारद्वारा गरिने छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने बताए। अध्यागमन प्रणालीमा देखिएको कमजोरी सुधार्न पनि एमाले प्रतिबद्ध रहेको उनले उल्लेख गरे। गत जेष्ठ १३ गते देखि अवरुद्ध बनेको संसदको अवरोध हटाउने विषय सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमालले मध्यमार्गी बाटोबाट अगाडी बढाउन विपक्षी दललाई प्रस्ताव गरिरहेका छन् । तर रास्वपाले बारम्बार सत्तापक्षले राखेका प्रस्तावमाथि अवरोध जनाउँदै संसदलाई बन्धक बनाउन थालेपछि नेपाली कांग्रेस र एमालले रास्वापाले राखेका पाँच बुँदाबारे कुनै छलफल नहुने बताएका छन् ।

बुधबारबाट नेकपा माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथिको छानबिनमा ब्याक भएर दुई बुँदे ड्राफ्टलाई आधार बनाएर बढेको छ । विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रास्वपा ,राप्रपा, एकिकृत समाजवादी दलहरुलाई संसदको अवरोध हटाउने विषयमा बारम्बार सहमतिका लागि तयार हुन आग्रह गर्दै आएका छन् । पछिल्लो समय अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसँगको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयलाई विवाद समाधान केन्द्रित भएर अघि बढ्न आफुले पहल गर्ने बताउँदै आएका छन् । सोहीअनुसार प्रचण्डले विपक्षी दलको हैसियतले वार्ता मिलाउने विषयमा भूमिका समेत निर्वाह गर्दै आएका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *