
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र सडकमा चर्चामा रहेको राजावादी आन्दोलन ठप्प भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको व्यावस्थाको विरोधमा सडकमा उर्तिएको आन्दोलन अहिले समुन्द्रमा समुन्द्र तार्न नसक्ने डुङगा जस्तै बनेको छ । समुन्द्र तार्ने माझीले नै डुङ्गा तार्न नसकेपछि समुन्द्रमा अडिएर बसेको रित्तो डुङ्गा झैँ भएको छ राजावादी आन्दोलन । एक समय उत्साहपूर्वक अगाडि बढेको देखिएको राजावादी आन्दोलनको स्पष्ट मार्गचित्र नभएपछि अभियान्ता तथा समर्थकहरुले नै नक्कली राजावादी अभियानको आन्दोलन संचालन गरिएको महशुस गरेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईँले सुरु गरेको नागरिक बचाउ धर्मसंस्कृति बचाउ अभियान गत चैत्र १५ मा तीनकुने क्षेत्रमा भएको हिंशात्मक आन्दोलनले समाप्त पा¥यो ।
अन्नत राजावादी आन्दोलनलाई सडकमा ल्याउने र अन्त्य गर्ने पनि राजावादी नै भए । लोकतन्त्रको शिखरमा बसेर लोकतन्त्र नै भत्काउन कालीदास जसरी अगाडी बढेको धर्म संस्कृति र नागरिक बचाउन अभियानका मुख्य संयोजक विवादास्पद व्यक्ति मेडिकल व्यावसायी दुर्गा प्रसाईँ ,राप्रपा नेपाल र राप्रपा अध्यक्ष अहिले आफैँ जालमा परेका छन् । शिखरमा बसेर समुन्द्रमा माछि जाल हान्ने अभियानमा सडकमा भाडाका सिपाईँ जस्तै नागरिकहरुलाई उतारेर लोकतन्त्र तथा गणतन्त्रको विरोध गर्ने लगाउने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले टाउकोमा हात राखेर सोच्न बाध्य छन् ।
शुरुआतमा पूर्वराजाका सार्वजनिक भ्रमण, सामाजिक सञ्जालमा सक्रिय समर्थकहरू, र केही व्यक्तिहरूको आर्थिक सहयोगले राजावादी आन्दोलनले केही गति लिएको थियो। तर समयसँगै ती उत्साह हराउँदै गए। चन्दा र चासो दुवै घट्न थालेपछि नेतृत्वमा रहेका केही अनुहारहरूबीच आरोप–प्रत्यारोप सुरु भयो। राजावादीको अभियानका लागि न अहिले पैसा छ, न दिशा। ‘चलखेल’ र आन्तरिक विवादले थला परेको यो आन्दोलन अब फेरी उठ्ने संकेतसमेत देखिदैन्।
राजसंस्था पुनःस्थापनाको पहिलो आन्दोलनमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कमान्डर तोकिएको थियो । गत चैत्र १५ को राजावादी हिंशात्मक तीनकुने क्षेत्रको आन्दोलन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति हत्यासमेत भएपछि राजावादीको उदारता के हो भन्ने कुरा तीन करोड नागरिकलाई छर्लङग भयो । लगभग साँढे छअर्व बैङ्क तथा वित्तिय संस्थाको ऋणको भारी बोक्न नसकेपछि बैङ्क तथा वित्तिय संस्थाको विरोधमा नागरिकको समस्यालाई केन्द्र बिन्दुमा राखेर आफूले छुट पाउने आशामा लागेका प्रसाईँ अहिले प्रहरीमा हिरासतमा पुगेका छन् ।
सो हिंशात्मक आन्दोलन निम्त्याउने प्रसाई नै थिए । उनले प्रहरीले तोकेको निषेधित क्षेत्र तोडन बल प्रयोग गरेका थिए । त्यसपछि आन्दोलनले उग्र रुप लिएको थियो । सो घटनापछि पक्राउ पर्ने डरले फरार प्रसाईले सामाजिक सञ्जाल फेसबुकबाट बारम्बार अभिव्यक्ति दिए । त्यपछि उनी नेपालभारत सिमा नाकाबाट पक्रा परेका थिए । उनले सरकारविरुद्द विभिन्न आरोप तथा प्रत्यारोप लगाएका थिए । आजावादीको आन्दोलनले एक पत्रकारसहित दुई जनाको मृत्यू भयो । करोडौँको सार्वजनिक तथा नीजि सम्पतिमाथि आगजनी भएको थियो । हिंसात्मक आन्दोलनका मतियार बनेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतविरुद्ध प्रहरीले संगठित अपराध र राज्य कसुर लगायतका चार मुद्धा दर्ता भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा दुवैजना विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भइसकेको छ । काठमाडौं जिल्ला प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूसहित ६५ जना विरुद्ध मुद्दा दायर गरेको हो । गत चैत १५ राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए ।
तीनकुने घटना प्रकरणमा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भइसकेको छ । अहिले उनी कारागारमा छन् । तीनकुने प्रदर्शनका जनकमान्डर प्रसाईंविरुद्ध पाँच वटा अभियोग लगाइएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा सजाय हुनुपर्ने मागदाबी लिएर अभियोग पत्र दर्ता भएको हो । प्रहरीले पनि प्रसाईंविरुद्ध पाँच वटा मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तीनकुनेमा प्रदर्शनकारीले घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । प्रसाईंले प्रहरीलाई मारौंला झै गरेर गाडी दौडाएका थिए । उनले ‘आउ, आउ’ भन्दै प्रदर्शनकारीलाई उक्साएका थिए ।प्रदर्शन अघि पनि अराजक अभिव्यक्ति दिएर उनले भीडलाई भड्काएका थिए ।
चैत्र १५ पछि राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलनमा उर्तिएका राजावादी नेता तथा कार्यकर्ता तथा राप्रपा सांसद दीपक सिंह पूर्वगृहमन्त्री र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना नेताहरू समेत पक्राउ परेका थिए । तर पछि उनीहर्रु रिहाई भए । सरकारले पूर्ण रुपमा नै भनेको थियो –कानुन सबैका लागि बराबरी हो संविधान विरोधीमाथि कारबाही हुन्छ । तर राप्रपाले र राजवादीले लोकतन्त्रको खिल्ली उडाउन खोज्दा कतिपय जेल बस्नुपर्ने भयो । राप्रपा र राप्रपाले गणतन्त्रको झोला बोकेर राजावादी झोला परिवर्तन गर्न खोज्दा नैतिकता नै गुमाउनु परेको छ ।
अदालतमा मुद्धा दर्ता भएपछि पक्राउ परेका मिश्र र राणालाई छाेड्न राप्रपाले सरकारलाई दबाब दिएपछि हाजिरी जमानीमा छुटे । अहिले उनीहरु फरार रहेका छन् । पछिल्ला राजावादीको आन्दोलनमा कतै देखिएनन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दमा परे । प्रहरीले उनको मोबाइल स्विच्ड अफ गरेपछि सुवेदीले जगमान गुरुङलाई कार्यबाहक दिएका थिए ।
दुर्गा प्रसाई समूह छिन्नभिन्न भएपछि राजसंस्थाको एजेन्डा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा लागि परेका थिए । राजावादी आन्दोलनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले १० करोड रुपैँया परिचालन गरेका थिए । सोही पैसामा राजावादीहरु देशभरका विभिन्न ठाउँबाट काठमाडौंँ आएका थिए । केही दिन अगाडी राजावादीहरु अभियान्ता तथा कार्यकर्ताहरुले राजावादीको अभियान नक्कली र स्वार्थका लागि गरिएको भन्दै राप्रपा अध्यक्ष लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाल लगायत नवराज सुवेदीहरुलाई राजावादी आन्दोलनमा अब सहभागीता नजाउने भनेपछि भाँडभैलो नै मच्चिएको थियो ।
त्यसपछि राप्रपाको कार्यालयमा नै राजादीहरुबिच झडप प¥यो । त्यसपछि राजावादी आन्दोलन ठप्प बनेको छ । गत बुधबार राजावादी आन्दोलनमा सहभागि भएकाहरुले नै खैलाबैला मच्याँएपछि राप्रपा आन्दोलन स्थगित भएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहले ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको भिडियो वक्तव्यलाई लिएर पक्ष–विपक्षमा प्रतिक्रिया भएपछि राजावादीको आन्दोलन बोकेर राप्रपा अघि सरेको थियो ।
पूर्वराजाको वक्तव्यलाई लिएर राजावादीहरू निकै उत्साहित देखिएका थिए । तर, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि एक ठाउँमा उभिएका तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले उनको सन्देशलाई लिएर आपत्ति जनाउँदै राजावादी आन्दोलप्रति प्रतिकार गरेपछि राजावादी आन्दालेन समुन्द्रमा अड्केर तैरिएको प्लाष्टिक जस्तै बनेको छ ।
प्रजातन्त्र दिवसको पूर्वसंध्यामा ज्ञानेन्द्रले १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताएका थिए । साथै राष्ट्र जोगाएर राष्ट्रियता कायम राख्न साथ दिन देशवासीको नाममा उनले आह्वान गरेका थिए । ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ । अब समय आयो– राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ’, उनले भनेका थिए ।
पछिल्लो समय परम्परागत राजनीतिक, सरकारप्रति आम नागरिकमा बढ्दै गएको चरम निराशाको चित्रण गर्दै ज्ञानेन्द्रले शाहीकालकै झल्को दिने गरी वक्तव्य निकालेपछि गणतन्त्र पक्षधर नेताहरूले आक्रोश पोखेका थिए । राजावादी आन्दोलनलाई निष्कर्षमा पु¥याउन नसकिने र पुनः संघीय लोकतान्त्रि गणतन्त्रलाई राजतन्त्रमा परिवर्तन गर्न नसकिने महसुस गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताए ।
शनिबार झापाको हल्दिबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए । अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो ।
तर अध्यक्ष लिङदेनले पुनः आन्दोलन गर्ने बताएपनि नेपालमा पुनः राजसंस्थाको स्थापना नहुनेमा लोकतान्त्रिक तथा गणतान्त्रिक दलहरु ढुक्क छन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जन्मका आधारमा नेपालमा कोही पनि राजा बन्न नसक्ने स्पष्ट पारिसकेका छन् । उनीहरुले पुर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालको शासन गर्ने रहर भए पार्टी खोलेर निर्वाचनमार्फत अघि बढ्न चुनौती दिएका छन् । सत्तारुढ दलहरुले स्पष्ट रुपमा नै निर्वाचनप्रणालीमार्फ निर्वाचित भए राजा मान्न तयार रहेको बताएका छन् । संवैधानिक तथा अनिर्वाचित राजालाई कसैलेपनि नेपालमा स्वीकार्न नसक्ने बताएका छन् ।
राजावादीहरुबिच राजा कसलाई बनाउने भन्ने विषयमा नै स्पष्ट बहुमत देखिएन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायत बुढापाकाहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै राजा बनाउनुपर्ने पक्षमा आन्दोलनमा थिए भने राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत केही युवापुस्ताहरुले ज्ञानेन्द्रका नाती हृदेन्द्र शाहलाई समर्थन गरेका माहोल देखिन्थ्यो । राजावादीभित्रको अस्पष्ट रणनीतिका कारण राजावादी आन्दोलन असिनाले हानेको पात जस्तै छिद्रामा परिणत भएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार राजावादी आन्दोलन केही व्यापारी वा विदेशमा बस्ने समर्थकहरूको आर्थिक सहयोगमा चलाइएको थियो। तर जब ती स्रोतहरू सुक्न थाले, आन्दोलनको ऊर्जा पनि सँगसँगै घट्न थाल्यो। राजनीतिक विश्लेषकहरुको भनाइ अनुसार राजावादी आन्दोलनको बैठकमा भएको खैलाबैला नै स्पष्ट पारेको छ । सो भिडभाड र खैलाबैलाले भरिएको राजावादीको विरोधमा माइक नै खोसाखोस भएको थियो भने पैसाको चलखेल भएको स्पष्ट रुपमा सुनिन्थ्यो ।
अन्तरिक गुटबन्दी, नेतृत्वको अस्पष्टता, र एकअर्काप्रति शंका – यी सबै मिलेर राजावादी अभियानलाई कमजोर बनाएको छ । ‘कसले नेतृत्व गर्ने ?’, ‘कसको विचारलाई मान्ने?’ जस्ता प्रश्नमै उल्झिएका छन् उनीहरू।
राजसंस्थाको पुनर्स्थापनाका लागि जनताको ठूलो समर्थन रहेको दाबी गरिए पनि, त्यो समर्थन स्पष्ट रूपमा सडकमा देखिएको छैन। आन्दोलन भनेको आवाज मात्र होइन, निरन्तरता र रणनीतिमा निर्भर हुन्छ – जुन पक्ष यो आन्दोलनमा हराउँदै गएको देखियो। वर्तमान राजनीतिक व्यवस्थामा सुधारको माग उठाउनु जायज हो, तर कुनै पनि आन्दोलन दीर्घकालीन हुन, जनताको स्पष्ट समर्थन, नीतिगत स्पष्टता र इमान्दार नेतृत्व आवश्यक हुन्छ। ती सबै पक्षको अभावमा राजावादी आन्दोलन बारम्बार उठेर फेरि थला पर्ने चक्रमै अल्झिएको देखिन्छ।
राजसंस्थाको पक्षमा हुने आवाज पूरै मौन छैन, तर आन्दोलनको नाममा हुने ‘छलखेल’ र रणनीति विहीन उत्साहले त्यसलाई विश्वसनीय बनाएको छैन। पैसा सकिएपछि आन्दोलन सकिनु भनेको त्यो आन्दोलन जनताको आवश्यकताभन्दा पनि निजी स्वार्थ र अवसरको भरमा थियो भन्ने कुरा प्रमाणित गर्छ।
राजावादी आन्दोलनको यो पछिल्लो पतनले देखाएको छ—बिना नीतिगत स्पष्टता, जनसमर्थन र दीर्घकालीन योजना, कुनै पनि राजनीतिक अभियान लामो समय टिक्न सक्दैन।
राजावादी आन्दोलनको ओरालो यात्रा : अराजकता र मनोवैज्ञानिक डरबीच थलिँदै कार्यकर्ता