राजनीति

राज्यमा अमानवीय व्यवहार रहेसम्म मुलुकको विकास सम्भव छैन : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ०६२—०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनः स्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको बताए । उनले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पिडावोध हुने गरेको बताए ।नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताए ।

सभापति देउवाले भने ‘०६२—०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनः स्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पिडावोध हुन्छ । यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवहरूले साबित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको छ ।’

सभापति देउवाले मुलुकका सबै समस्याहरूको पहिचानसँगै समाधान गर्न नेपाली काँग्रेस मात्रै सक्षम रहेको बताए । जातीय भेदभाव गर्ने व्यक्ति काँग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *