देश

नेपाली सेनाको नेतृत्वमाथि भ्रामक सूचना नफैलाउन कडा चेतावनी, आधिकारिक स्रोतमा मात्र भर पर्न आग्रह

काठमाडौं । नेपाली सेनाले आफ्नो नेतृत्व र संस्थालाई लक्षित गरी पछिल्लो समय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन, भ्रामक र कपोलकल्पित सूचना तथा अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाले यस्ता सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले बिना आधारका सूचना प्रसारण नगर्न तथा नगराउन सबै पक्षसँग अपिल गरेको छ ।

नेपाली सेनाले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको स्पष्ट पार्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने चेतावनीसमेत दिएको छ ।

साथै, सेनाले आम नागरिकलाई आधारहीन, द्वेषपूर्ण तथा भ्रामक समाचार र टिप्पणीमा विश्वास नगर्न आग्रह गरेको छ । आधिकारिक जानकारीका लागि नेपाली सेनाले जारी गर्ने प्रेस विज्ञप्ति, वेबसाइट, सामाजिक सञ्जाल तथा जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत मात्र सूचनामा भर पर्न अनुरोध गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *