राजनीति

चीनले कांग्रेस–एमाले सहकार्यलाई चीनले सकारात्मक सन्देश दियो : मन्त्री मण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हालै चीन भ्रमण सम्पन्न गरेर फर्किएको नेपाली प्रतिनिधिमण्डललाई चीन सरकारले उच्च सम्मान दिएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोलीप्रति चिनियाँ पक्षको आतिथ्यता असाधारण रहेको बताए। उनका अनुसार भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै नेपालभित्रको राजनीतिक सहकार्यप्रति पनि चीनले चासो व्यक्त गरेको छ।

ूनेपालका प्रमुख दलहरू—विशेषगरी कांग्रेस र एमालेबीच भएको सहकार्यले राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश चीनले दिएको छ,मन्त्री भण्डारीले भने, चीनले यसप्रति खुसी प्रकट गरेको छ। भ्रमण अवधिमा मन्त्री भण्डारी स्वयं र एमाले विदेश विभाग प्रमुख रघुबीर महासेठले विभिन्न सम्वादहरूमा सहभागिता जनाएका थिए।

पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल १० जेठमा बेइजिङ प्रस्थान गरेको थियो र आज स्वदेश फर्किएको हो। सरकारी र दलगत तहमार्फत भएको यो भ्रमणलाई चीनले कूटनीतिक रूपमा सकारात्मक रुपमा लिएको संकेत गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *