काठमाडौं । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सत्तारुढ दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण छलफल भएको छ। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा केन्द्रित वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उक्त छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा,उपसभापति पूर्णबहादुर खड्का,एमाले उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहितका नेताहरुले सहभागीता जनाएका छन् ।
बैठकको एजेन्डा औपचारिक रूपमा सार्वजनिक नभए पनि गृहमन्त्री लेखकमाथि उठेको विवाद, संसद बैठकको सम्भावित अवरोध, बजेट सत्रको तयारीलगायत विषयमा छलफल भएको बुझिएको छ।




