राजनीति

बालुवाटारमा चिनियाँ प्रतिनिधिमण्डल : प्रधानमन्त्री ओलीले दोहोर्‍याए ‘एक चीन नीति’प्रति प्रतिबद्धता

काठमाडौं । चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेको छ। भेटका क्रममा दुई देशबीचको पुरानो मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको छ।

चिनियाँ टोलीले काठमाडौंमा हुन लागेको सगरमाथा संवादु कार्यक्रमको सफलताको कामना गर्दै चीन नेपालसँगको सम्बन्ध अझ विस्तार गर्न इच्छुक रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले पनि चीनले विकास र प्रविधिमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपाल र चीनबीचको सम्बन्ध सधैं हार्दिक र समस्यारहित रहेको बताए। उनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई ऐतिहासिक भन्दै त्यसबाट सहयोगका ढोका खुलेको उल्लेख गरे।

ओलीले नेपालको ुएक चीन नीतिुप्रति पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। भेटमा दुवै देशका उच्च अधिकारीहरू समेत सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *