अर्थ

आर्थिक सुधार र विकास साझेदारीको समन्वयले नेपालको समृद्धिको यात्रा तीव्र बनाउला त ?

आगामी आर्थिक वर्षको बजेट निर्माणमा आर्थिक सुधार र वैदेशिक सहायता सदुपयोगलाई उच्च प्राथमिकतामा राख्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको क्रममा आर्थिक सुधार र वैदेशिक सहायता सदुपयोगलाई उच्च प्राथमिकता दिने घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आयोजित छलफलमा अर्थमन्त्री पौडेलले आर्थिक सुधारका विभिन्न पहलहरूले सकारात्मक नतिजा दिइरहेको र आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

छलफलमा अर्थमन्त्री पौडेलले आगामी बजेट निर्माणका क्रममा नीजि क्षेत्रको प्रोत्साहन, रोजगारी सिर्जना र उत्पादन वृद्धि प्राथमिकतामा रहने बताए। उनले भने, अध्यादेशमार्फत कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस र नीतिगत सुधारका पक्षमा आगामी बजेट केन्द्रित हुनेछ।

उनले नेपालको आर्थिक विकासमा वैदेशिक सहायताको सही र प्रभावकारी प्रयोग हुने उल्लेख गर्दै यसलाई नेपालको आवश्यकता र प्राथमिकता अनुरूप केन्द्रित गर्ने बताए। अर्थमन्त्री पौडेलले बजेट निर्माणमा मितव्ययिता र खर्च कटौतीलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। उनले सीमित साधन स्रोतलाई उच्च प्रतिफल दिने गरी विनियोजन गरिने र पूँजीगत खर्चमा देखिएका समस्याहरू समाधान गर्ने योजना रहेको जानकारी दिए। “विकास साझेदारहरूको निरन्तर सहयोग बिना नेपालको आर्थिक सबलीकरण सम्भव छैन, पौडेलले थपे।

छलफलमा सहभागी भारत, चीन, अमेरिका, बेलायत, जापान, युरोपियन युनियन, विश्व बैंक, एसियाली विकास बैंक, संयुक्त राष्ट्र संघलगायतका प्रतिनिधिहरूले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग र यथार्थपरक बजेट निर्माणमा आफ्नो सुझाव दिएका थिए। उनीहरूले नेपालको आर्थिक सुधारमा थप सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *