राजनीति

कांग्रेस बैठकमा देउवाले भने – गभर्नर चाँडै नियुक्त हुन्छ, टीआरसी टुंग्याउन सबै दल सहमत

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्ति सत्ता साझेदार नेकपा एमालेसँग सहमति भएर चाँडै टुंगोमा पुग्ने बताएका छन्।

बूढानीलकण्ठस्थित पार्टी कार्यालयमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा, सभापति देउवाले गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति चासो व्यक्त गर्दै व्यावसायिक व्यक्तिको हातमा जिम्मा दिनुपर्ने धारणा राखे।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानबिन आयोगको संरचना निर्माण पनि प्रमुख छलफलको विषय रह्यो। महतले भने, “कानून बने पनि संरचना नबन्दा काम अघि बढ्न सकेको छैन, अब ढिला नगरी टुंग्याउनु पर्छ भन्नेमा हामी सबै सहमत छौं।”

बैठकमा रिक्त संवैधानिक निकायहरूमा छिटो पदपूर्ति गर्नुपर्ने र शिक्षा विधेयकलाई न्यायसंगत ढंगले टुंग्याउनुपर्ने विषयमा पनि गम्भीर छलफल भएको प्रवक्ता महतले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *