काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ।
आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गर्ने सहमति भएको विषय बाहिर आएको थियो ।



