देश

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता, सत्ता सहकार्यमा छलफल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको छ। नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको पनि स्पष्ट पारेका छन्।

भेटवार्तामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *