देश

प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस आक्रामक भएपछि संयन्त्र बैठक आह्वान

काठमाडौं। सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस महामन्त्री गगन थापालगायत नेताहरू आक्रामक रूपमा उत्रन थालेपछि दुई दलबीच देखिएको असमझदारी हटाउन संयन्त्रको बैठक बोलाइएको हो।

हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउने निर्णय भएको थियो। दुई दलबीच असमझदारी बढ्न थालेपछि त्यसलाई समाधान गर्न आज साँझ बैठक बस्न लागेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *