राजनीति

भाषा हरायो भने समाज टुट्छ : सुदूरपश्चिमको भाषा जोगाउन सभापति देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रको स्थानीय भाषा संकटमा परिरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। सोमबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित देउवाखेल तथा अभिनन्दन समारोहलाई सम्बोधन गर्दै देउवाले भाषा संरक्षणका लागि सबैले भूमिका खेल्नुपर्ने बताए।

गृहजिल्ला डडेल्धुरा रहेका देउवाले भाषाको अस्तित्व गुम्न थाले समाज कमजोर र विखण्डित हुनसक्ने चेतावनी दिए।
“जुन समाजको भाषा हराउँछ, त्यो समाज विखण्डित हुन्छ। आज हामी आफैंले आफ्नै भाषा बोल्न छाडेका छौं,” उनले भने, “कतिपयले त आफ्ना छोराछोरीसँग नेपाली होइन, सीधै अंग्रेजीमा बोल्न थालेका छन्।”

उनको भनाइमा, भाषा केवल सम्प्रेषणको माध्यम होइन, सांस्कृतिक पहिचान र सामाजिक एकताको मूल आधार हो। त्यसैले सुदूरपश्चिमका भाषाहरूको संरक्षण अत्यावश्यक छ। देउवाले विश्वभर भाषाको संरक्षणका लागि अभियानहरू चलिरहेको स्मरण गराउँदै भने, “संसारभर भाषा जोगाउन संघर्ष चलिरहेको छ। हामीले पनि सुदूरपश्चिमको भाषा जोगाउन अभियान चलाउनुपर्छ।”

उनले सबै सरोकारवालालाई आफ्नो स्थानीय भाषा र संस्कृतिप्रति गर्व गर्न र त्यसको अभ्यासलाई जीवनशैलीमै समेट्न आग्रह गरे। भाषासँगै देउवाले सुदूरपश्चिमको संस्कृतिको पनि जगेर्ना गर्नुपर्नेमा जोड दिए। उनले विशु संक्रान्ति जस्ता मौलिक पर्वहरूको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।
“१ वैशाखका दिन हामी विशु संक्रान्ति मनाउँछौं। यस्ता चाडपर्वहरू हाम्रो मौलिकता हुन्। यी संस्कृतिको निरन्तरता दिन जरुरी छ,” उनले भने।

सभापति देउवाको भनाइले सुदूरपश्चिमको सांस्कृतिक र भाषिक संकटप्रति ध्यान खिचाएको छ। आधुनिकता र प्रविधिको चापमा हराउँदै गइरहेका मौलिक भाषा र परम्परालाई जोगाउने जिम्मेवारी अब केवल विद्वान वा अभियन्ताहरूको मात्र होइन—हामी सबैको साझा कर्तव्य बनेको छ।

त्यही ऐतिहासिक दिनको सम्झनामा एमालेले युवाको जोश, जागरण र संकल्प प्रस्तुत गर्दै लोकतन्त्र दिवसलाई ‘युवा उत्सव’का रूपमा मनाउने तयारी गरेको हो। लोकतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको यो युवा महोत्सव केवल सांस्कृतिक वा औपचारिक कार्यक्रम होइन, राजनीतिक रूपमा पनि एक प्रकारको शक्ति प्रदर्शन हो। यो आन्दोलनको स्मृति र भविष्यको संकल्प दुवैको मिश्रण बन्ने देखिएको छ। अब हेर्न बाँकी छ—के एक लाख युवा सचेतनाको सन्देश बोकेर राजधानीमा उत्रन्छन् त?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *