काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनलाई राजनीतिक आन्दोलन मान्न नहुने बताएका छन्।
संसदको कानून समितिको बैठकमा बोल्दै परियारले संयोगवश आफू पनि सो घटनामा परेको उल्लेख गरे। उनले भने, गृहमन्त्रालयले घटनाबारे स्पष्ट पारिसकेको छ । तीन कुने घटनाका दोषीलाई कानुनी कडगरामा उभ्याउनुपर्छ ।
उनले आन्दोलनलाई ‘अलोकतान्त्रिक’ र ‘मानवअधिकारविरोधी’ भन्दै आलोचना गरे। साथै कानुनी हिसाबले यो पूर्ण रूपमा हिंसात्मक घटना भएको उनले दाबी गरे परियारको भनाइमा, यस्ता घटना भविष्यमा पनि दोहोरिन सक्ने सम्भावना भएकाले सरकार सचेत रहनुपर्ने बताइएको छ। तीनकुने घटनामा उनको गाडी समेत जलाइएको थियो ।




