काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ।प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए ।कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजिनामा दिएको जनाएको थिए ।
उनले राजिनामा दिएको २ साता पछि आज स्विकृत भएको हो । बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।




