राजनीति

देशलाई बंगलादेश र श्रीलंका बनाउने राप्रपा सांसद सिंहद्धारा आपत्तिजनक शब्दको प्रयोग

काठमाडौं । गत चैत्र १५ मा तीनकुने क्षेत्रमा भएको राजवादी आन्दोलदेखि उग्र बन्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले वर्तमान सरकारलाई आफ्ना माग पुरा नभएर बंगलादेश र श्रीलंका झै बनाउने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले अब पनि सरकार नसुध्रे देशलाई सो मोडेलमा अराजकतातिर धकेलेर राजा ल्याउने अभिव्यक्ति दिएका हुन् ।

मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको भन्दै देशलाई हिन्दु राज्य,संघीयता खारेजी र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । विरोध सभामा सरकारका कामकारबाहीका बारेमा ध्यानाकर्षण गराउदै आएका छन् । राप्रपाको आन्दोलनमा भारतीय संचारमाध्यम समेत समावेश भएका छन् ।

निकै ठूलो मात्रामा सडकमा प्रदर्शनकारी भेला गरेर राप्रपाले सरकारलाई धम्कीपूर्ण अभिव्यक्ति दिएपछि राप्रपाको सो अभिव्यक्तिप्रति गणतन्त्रवादी दलहरुले सो अभिव्यक्तिप्रति चर्को आलोचना गरेका छन् । राप्रपाले सरकारका बारेमा आलोचना गरेर सडकमा जनता ल्याएर आन्दोलनलाई चर्काउदैँ आएका छन् ।

उनले गत १५ गते तीनकुनेमा भएको घटनामा आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग राख्दै सरकारलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको हो । महामन्त्री ‘डा. धवलशमशेर राणा र उपाध्यक्ष रवीन्द्र मिश्रलाई विनासर्त रिहा गर्न माग गर्दै आएको छ । तर सो घटनाका दोषिमाथि कानुनी कारबाही अगाडी बढाउने सरकारले बताएको छ ।

सरकारले कुनै पनि अपराधमा मुछिएका जो कोहीमाथि पनि कारबाही हुने भन्दै कसैको डर र धम्कीमापरि अपराधिहरुलाई उन्मुक्ति नदिने बताएको छ । सांसद सिंहले गत चैत्र १५ गते तीनकुने हिंशात्मक घटनामा संलग्न नरहेको भन्दै दोहोरो चरित्र देखाएको छ । उनले पार्टीका दुई नेतालाई निशर्त नछाडे निकै महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । तर सरकारले अपराधिलाई कसैको दबाब र प्रभावमा परेर उन्मुक्ति नदिने बताइसकेको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरेर विभिन्न मुद्धामा कारबाही अगाडी बढाउने तयारी गरेको छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गर्न लागेको प्रदर्शनलाई लक्षित गरी सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आगजनी र तोडफोड भएकाले आज पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक केन्द्रहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो । बल्खुमै रहेको त्रिविको परीक्षा नियन्त्रण कार्यालय र आसपासका सरकारी संरचना अगाडि सुरक्षाकर्मीहरु उल्लेख्य संख्यामा परिचालित गरिएको छ ।

सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली खटाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।  प्रदर्शनस्थलमा एम्बुलेन्स र दमकलसँगै नेपाल रेडक्रस र मानव अधिकारकर्मीको टोली पनि परिचालित छन् । यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो । राप्रपाले आजको सभा भव्य, सभ्य र शान्तिपूर्ण हुने बताएको छ । हुने जनाएको छ । जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु राप्रपाले परिचालन गरेको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा प्रदर्शन भइरहेको छ । सो क्षेत्रमा अहिले प्रदर्शनका कारण सवारीसाधन आवतजावतमा समस्या भएको हो ।

नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ । यस्तै शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुश निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *