देश

प्रमुख प्रशासकीय अधिृकत गुरागाईं पुनः कार्यालय फर्केपछि कर्मचारीलाई तलब दिन लगाए तोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले पुनः कार्यालयमा फर्केर रोकिएको कर्मचारीहरुको तलब दिने वातावारण मिलाएका छन् । बालेनको निर्देशनमा उनलाई बिहीबार महानगर प्रहरीले कार्यालयमा प्रवेश गर्न रोक लगाउन कै लागि प्रहरी परिचालन गरेको थियो ।

तर जनाप्रतिनिधिहरु , उपमेयर सुनिता डंगोल र कर्मचारीहरुले कार्यालयमा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्दै स्वागत गरेपछि अधिकृत गुरागाईँले शुक्रबार निकै लामो समयदेखि रोकिएको कर्मचारीको तलब उपलब्ध गराउन तोक लगाइदिएका हुन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएको महानगरपालिकाले जनाएको छ । उनका अनुसार अधिकृत गुरागाईँले सोमबार कर्मचारीहरुले तलब पाउने गरी तोक लगाइदिएका छन् ।

यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए । महानगरको मेलान सहन नसकेर त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । त्यसपछि महानगरको गैरजिम्मेवारीका कारण आफूहरुले निकै लामो समयसम्म तलब लिन नपाएको भन्दै कर्मचारीहरु आक्रोसित हुँदै आन्दोलित भएका थिए ।

संघीय सरकारले काठमाडौं महानगरपालिकामा देखिएको समस्या समाधानका लागि पुनः विदामा बसेका प्रमूख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा फर्कन निर्देशन दिएपछि उनी कार्यालयमा फर्केर कर्मचारीहरुलाई महानगरले रोकेर राखेको तलब दिने वातावरण बनाइदिएका छन् । अहिले अधिकृत गुरागाईँले तोक लगाइदिएपछि आफूहरुको रोकिएको तलब आउने निश्चित भएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *