राजनीति

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन ।उनी आज दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका हुन।

कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी बाहेकका देशहरुको भ्रमणमा  ‘गेट–वे’ को रुपमा रहेको बैंककमा अहिलेसम्म औपचारिक भ्रमण नभएको सन्दर्भमा यो भ्रमण आफैंमा महत्वपूर्ण भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।सो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्याण्डका नरेश र समकक्षीसँग भेटवार्ता हुनेछ ।

भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।  दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।  साथै, थाइल्याण्डका प्रतिष्ठित व्यावासायीहरुसँग छलफल गर्ने र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिस्टेक शिखर सम्मेलनलाई चैत २२ गते गर्ने छन । सम्बोधनलगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ता गर्ने जनाइएको छ ।

यी हुन् सरकार प्रतिनिधिमण्डलमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्रीका धर्मपत्नी, राधिका शाक्य
डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री
विष्णुप्रसाद गौतम, शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
दिवाकर खड्का, प्रमुख सेनानी, सम्माननीय प्रधानमन्त्रीका पार्श्ववर्ती
विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार
डा. युवराज खतिवडा, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार
एकनारायण अर्याल, मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
अमृतबहादुर राई, परराष्ट्र सचिव
प्रा. डा. श्री दिव्या सिंह शाह, सम्माननीय प्रधानमन्त्रीका निजी चिकित्सक
राजेश बज्राचार्य, सम्माननीय प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
तापस अधिकारी, सहसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा, परराष्ट्र मन्त्रालय
ज्ञानबहादुर मगर, सहसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
अम्बिका जोशी, उपसचिव, दक्षिणपूर्व एशिया तथा प्रशान्त महाशाखा
विवेक रिजाल, उपसचिव, क्षेत्रीय सहयोग संगठन महाशाखा, परराष्ट्र मन्त्रालय
कमल रावल, माननीय परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव
ऋचा भट्टराई, शिष्टावार अधिकृत, परराष्ट्र मन्त्रालय
प्रकाश सिलवाल, वरिष्ठ संवाददाता, रा.स.स.
कृष्ण खड्का, प्रहरी निरीक्षक, सम्माननीय प्रधानमन्त्रीका सुरक्षा अधिकृत
सुदीप बुढाथोकी, क्यामेरामेन, नेपाल टेलिभिजन
दिनेश भण्डारी, प्रधानमन्त्रीज्यूका निजी फोटोग्राफर
जयश्री शाक्य, प्रधानमन्त्रीका निजी सहयोगी (Valet)
अनिता सिंह, माननीय परराष्ट्रमन्त्रीका निजी सहयोगी (Valet)

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *