राजनीति

फरार रहेका दुर्गा प्रसाईं मन्दिरमा लुकेको खुलासा, राप्रपाको आँटमा हिंसात्मक गतिविधि चर्काउने अभिव्यक्ति दिदैँ

काठमाडौं । तीनकुने घटनापछि फरार रहेका राजावादी मेडिकल व्यावसायी दुर्गा प्रसाईं हाल काठमाडौंकै एउटा मन्दिरमा बसेको खुलासा भएको छ। प्रहरीको खोजी सूचीमा रहेका उनले सामाजिक सञ्जालमार्फत आफू सुरक्षित बसिरहेको तर भागेको नभएको दाबी गरेका छन्।

राजावादी आन्दोलनलाई मलजल गर्न लागि परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष र महामन्त्रीसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरी हिंशात्मक गतिविधिमा सक्रिय भएको आरोपमा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी थालेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनीहरुलाई रिहा गर्न माग गर्दै सो घटनाको क्षतिपूर्ति सरकारले तिर्नुपर्ने भन्दै प्रसाईँलाई बचाउन खोजेपछि सो साहसले फरार रहेका प्रसाईँ दुई दिनपछि मन्दिरमा बसेको खुलासा भएको स्पष्ट भएको छ ।

प्रसाईंले शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले तोकेको निषेधाज्ञा तोडन् खोज्दै सुरक्षामा खटिएका प्रहरीहरुलाई नै गाडी पेलेको थियो तर उनीहरु सुरक्षित बन्न सफल भएका थिए । तर प्रसाईले आँफूलाई प्रदर्शन गर्न नदिएको भन्दै मिथ्या सन्देश जारी गरेका छन् । प्रदर्शनका क्रममा उनले गाडीले प्रहरीको घेरा तोड्दै अघि बढेका थिए। त्यही क्रममा उनले कयौं पटक आपत्तिजनक शब्द प्रयोग गरेको भिडियोहरू सार्वजनिक भएका छन्।

प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै प्रहरीसँग माफी मागेका छन्। तर, उनले आफूलाई राज्यबाटै निशाना बनाइएको आरोप लगाउँदै सरकारविरुद्ध पुनः आक्रामक हुन सक्ने संकेत गरेका छन् । पक्राउ पर्ने डरले फरार सुचीमा रहेका प्रसाईँले भिडियो सन्देश जारी गर्दै पुनः आन्दोलनमा सक्रिय हुने संकेत गर्दै राजावादी नेता तथा समर्थकहरुलाई मलजल गर्ने सन्देश जारी गरेका छ ।

घटनाको सन्देशका लागि फोटो खिच्न गएका पत्रकारलाई घरमा थुनेर आगो लगाउँदा उनको ज्यान नै गयो । त्यतिमात्र होइन् अबौको सम्पतिमाथि क्षेति पु¥याएका थिए । सरकारले सम्पूर्ण सो घटनामा भएको क्षेतिपूति राजावादी आयोजक समुहले तिर्नुपर्ने निर्णय गरेको छ।

प्रसाईंले भिडिओमा आफूलाई प्रहरीले अन्यायपूर्ण रूपमा खोजी गरिरहेको र यसविरुद्ध फेरि आन्दोलन चर्काउने संकेत गरेका छन्। सरकारले पुनः राजावादीलाई प्रदर्शन र आन्दोलन गर्न अनुमति दिननहुने आम नागरिकको बुझाइ छ । शान्तिपूर्ण भनेर गरिएको आन्दोलनका क्रममा अशान्तिपैदा गरी सार्वजनिक तथा निजी सम्पति र मानवीय क्षेतिसमेत गरेको घटनाले आम नागरिकलाई चिन्तित तुल्याएको छ ।

उनले राजावादी आन्दोलन रोक्न सरकारले दमन गरिरहेको आरोप लगाउँदै, सरकारविरुद्ध अझ कडा कदम चाल्ने संकेत गरे। उनका अनुसार, माओवादीको सभामा ३ हजार मान्छे आउन दिए, तर हाम्रो जुलुसलाई बाटोबाटोमा रोकियो। यस बीचमा प्रहरीले प्रसाईंको खोजी कार्यलाई तीव्र बनाएको छ। उनलाई पक्राउ गर्ने वा अन्य कारबाही अघि बढाउनेबारे उच्चस्तरीय छलफल भइरहेको स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *