काठमाडौं । राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
प्रहरीले शुक्रबारको तिनकुने क्षेत्रमा अराजकता फैलाएको आरोप लगाउदै सुवेदीलाई घरमै नजरबन्दमा राखेको जनाएको छ ।
त्यस्तै राप्रपाका नेताद्वय रविन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपाललाई पक्राउ गरिएको छ । उनीहरु तीनै जनालाई टेकुमा राखिएको छ ।




