राजनीति

मेयर बालेन्द्र शाहको नेतृत्व शैली अराजक, तीन करोड नागरिकलाई टुकुचामा गाड्ने विषय कति जायज ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यकाल विभिन्न विवादास्पद अभिव्यक्तिहरू र निर्णयहरूका कारण जति चर्चामा छन् त्यो भन्दा बढी विवादमा पनि मुछिएका छ्न । विशेष गरी, सिंहदरबारमा आगो लगाउने धम्की, टुकुचामा गाड्ने चेतावनी, र अन्य आक्रामक टिप्पणीहरूले उनको नेतृत्वशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । मेयरको पछिल्लो पटक सोमबार दिएको अभिव्यक्तिले गम्भिर प्रश्न चिह्न खडा गरेको छ । सबैलाई टुकुचामा गाढ्ने अभिव्यक्तिमाथि अहिले चौर्तर्फी आलोचना भइरहेको छ । के मेयर बालेन्द्रश शाहले तीन करोड जनतालाई टुकुचामा गाढ्ने अभिव्यक्ति साधरण हो त ? उनले व्यक्ति तोकेर सो स्टाटस लेखेका छैनन् । उनले सबैलाई टुकुचामा गाडिदिन्छु भन्दै स्टाटस लेखेका छन् ।

सिंहदरबारमा आगो लगाउने धम्की : १६ भदौ २०८० मा, मेयर शाहले आफ्नी सुत्केरी श्रीमतीलाई अस्पतालबाट घर फर्काउने क्रममा महानगरपालिकाको गाडीलाई प्रहरीले रोकेको घटनापछि आक्रोशित हुँदै फेसबुकमा लेखे, आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु।

याद राख चोर सरकार। तर प्रहरीको जिम्मेवारी नै देशमा शान्ति सुरक्षा कायम राख्ने र चेकजाँच गर्ने सो विषयमा मेयर बालेन्द्र शाहले हिरोइक क्यारेक्टर देखाउँदै प्रहरीमाथि दबाब दिए । उनले सरकारलाई समेत गाली गरे त्यो पनि चोरको संज्ञा दिदैँ । कानुनी पाटोबाट हेर्ने हो भने बालेन्द्र शाहमाथि सो विषयले अनुसन्धानको सुई घुमाउन सक्छ ।

टुकुचामा गाड्ने चेतावनी  : मेयर शाहहले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने भन्दै सामाजिक संजालमा आक्रमक खुद्र स्टाटस लेखे ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले , को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु! त्योपछि हेरौंला तिमीहरूको के–के तन्त्र हो,’ उनले लखेका छन्।

फोहोर व्यवस्थापनमा असहयोगप्रति असन्तुष्टि : २५ चैत २०७९ मा, उनले फेसबुकमा लेखे, आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ। नेताहरूलाई चोरको संज्ञा : २० वैशाख २०८० मा, उनले नयाँ तथा पुराना नेताहरूलाई चोरको संज्ञा दिँदै लेखे, नयाँरपुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन।

​मेयर शाहले विभिन्न अराजक अभिव्यक्ति दिदैँ देशको ठूलो र भगवान नै बालेन्द्र शाहमात्र हो भन्ने सोच्ने गरेका छन् । तर मेयरको यस्तो भाषा र अभिव्यक्तिले देशमा अशान्ति फैलाउँदै जाने देखिन्छ । देशको राजधानीको मेयर भएर यस्ता अभिव्यक्ति दिनु कतिको सही हो ? भन्ने विषयमा बालेन्द्रका समर्थकहरुले प्रंशसा गरेका छन् । यस्तो अभिव्यक्तिमाथि सर्पोट गर्ने कस्ता खालका बालेनका समर्थक हुन् ? प्रश्न उठ्न थालेको छ । देशको मायाँ सबैलाई हुन्छ,तर नागरिकहरुलाई जोडेर एकजनासँगको रिसमा सबैलाई मुछेर यस्ता अभिव्यक्ति दिने अधिकार भने कानुनले कसैलाई दिएको छैन् ।

टुकुचा खोलाको अतिक्रमण हटाउने विषयमा महानगरले नियन्त्रणमा लिएका गरिब नागरिकका सामानहरु र फुटपाथ व्यापारीहरुका सामान समेत महानगरले अहिलेसम्म फिर्ता गर्न सकेको छैन् । उनीहरुले बारम्बार आफ्ना लुटिएका सामानहरु फिर्ता गराउन महानगरलाई ध्यानाकर्ष गराइरहेका छन् । तर बालेनले किन सुन्दैनन् ?

मेयर शाहका यस्ता अभिव्यक्तिहरूले उनको नेतृत्वशैलीप्रति मिश्रित प्रतिक्रिया उत्पन्न गरेका छन्। केहीले उनलाई सिधा र साहसी नेताका रूपमा हेर्छन्, जसले जनताको पक्षमा बोल्न डराउँदैनन्। तर, अन्यले उनलाई गैर–जिम्मेवार र अराजक नेताका रूपमा चित्रण गर्छन्, जसका अभिव्यक्तिहरूले राजनीतिक अस्थिरता र सामाजिक तनाव बढाउने विश्लेषण गरिएको छ ।

स्थानीय सरकारका प्रमुखको रूपमा, मेयर शाहबाट परिपक्वता, संयमता, र कूटनीतिक व्यवहार अपेक्षित हुन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरूले समाजमा गहिरो प्रभाव पार्न सक्छन्, जसकारण शब्दहरूको चयनमा विशेष ध्यान दिनु आवश्यक छ। आक्रामक र उत्तेजक अभिव्यक्तिहरूले समस्या समाधान गर्नुभन्दा पनि नयाँ विवादहरू सिर्जना गर्न सक्छन्, जसले समग्रमा नगरपालिकाको विकास र स्थायित्वमा बाधा पुर्‍याउन सक्छ।

सो मेयर शाहले आफ्नो अभिव्यक्तिमा संयमता अपनाउँदै, विवाद समाधानमा संवाद र सहकार्यलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ। यसले काठमाडौं महानगरपालिकाको समग्र विकास र जनताको विश्वास जित्नमा मद्दत पुर्‍याउनेछ।मेयर शाहले केही राम्रा काम समेत गरे । तर आफैँ विभिन्न अभिव्यक्तिका कारण शुन्यतिर झर्दैछन् मेयर शाह ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *