राजनीति

प्रधानमन्त्री ओली र सभापति देउवासँग माओवादी अध्यक्ष प्रचण्डको भेटवार्ता,राजावादीविरुद्ध एक ढिका भएर अघि बढने

 

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले देशमा भइरहेका समसामयिक राजनीतिक,सामाजिक,सांस्कृति तथा आर्थिक विषयमा संवाद गर्दै लोकतन्त्र तथा गणतन्त्रका विरोधमा राजावादीले गरिरहेको हिंस्रात्मक अभिव्यक्ति र संविधानको रक्षाका लागि देशका प्रमूख तीन दलले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एक ढिका भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीलाई जनतालाई शुखी बनाउन थप सक्रिय भएर काम गर्न सुझाव दिँदैँ देशमा  ज्यानको बाजी थापेर जनताको स्वतन्त्रताका लागि ल्याएको लोकतन्त्र र गणतन्त्रकाे विरोधमा राजावादीहरुले अत्ति गर्न खोजे देशका प्रमूख तीन ठूला दलहरु एक ढिका भएर अघि बढ्नुपर्नेमा जोड दिए । सो विषयमा सभापति देउवा र प्रधानमन्त्री ओलीले आँफूहरु राजावादीको पक्षमा नरहेकाले अध्यक्ष प्रचण्डको कुरालाई स्वीर्कार्दै आफूहरु हात्तेमालो गरेर अघि बढन् तयार रहेको प्रतिक्रिया दिएको अध्यक्ष दाहालको सचिवालय स्रोतले जनाएको छ ।

 

अध्यक्ष दाहालको सचिवालय स्रोतका अनुसार ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्नेमा सकरात्मक भएका छन् । संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको उल्लेख गर्दै जनमूखि काम गर्ने पक्षमा सरकार अघि बढेको बताएका थिए ।

दाहालका प्रमुख स्वकीय सचीव गोविन्द आचार्यका अनुसार अध्यक्ष दाहालले संविधानको रक्षा, अग्रगमनका लागि माओवादी नेतृत्व गर्न तयार रहेको सन्देशका लागि संवाद सुरु गरेको बताएका छन् । देशका प्रमूख तीन राजनैतिक दल कांग्रेस ,एमाले र माओवादीले संसदबाट नै पूर्वराजा ज्ञानेन्द्रलाई तानाशाह शैलीबाट २१ औँ शताब्दीको राजनीति नचल्ने भन्दै लोकतान्त्रिक तथा गणतान्त्रिक पद्धतिबाट निर्वाचनमार्फत पार्टी दर्ता गरेर राजनीतिमा आउन निर्देशन दिइसकेका छन् । राजावादीको बहस चल्न थालेपछि अहिले नागरिकहरुले राजतन्त्रलाई अध्याँरो युग भन्दै आएका छन् । नेपालमा इतिहासमा राजावादीहरुले नेपालमा रहेका जलसम्पदा, सांस्कृतिक सम्पदाहरु र आफ्नो स्वार्थका लागि बाह्य शक्तिसँग मिलेर जनहितविपरितका संन्धि तथा सम्झौताहरु विगतमा गरिएको भन्दै राजवादीहरुको चर्को आलोचना गरिहरेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *