राजनीति

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारी छैन् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको कुनै तयारी नरहेकाले भ्रमकोपछि नपर्न सबैलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको स्पष्ट पारे ।

यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले सरकारलाई बदनाम गर्नेगरि हल्ला गरिएको भन्दै सही सुचनाको भरमा मात्र विश्वास गर्न समेत उनले सबैलाई सुझाव दिए । सामाजिक संजालमा विगतमा कुन सरकारको पालमा भएका गरेका कामहरु र निर्णयहरुलाई ल्याएर सामाजिक संजालमा फिँजाइएको र त्यसबारे कुनै सत्यता नभएको उनको भनाइ छ ।

 

०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएको थियो। अहिले त्यस्तै प्रकृतिको कानून निर्माणका सरकार लागेको भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्तो तयारी नगरेको उपप्रधानमन्त्री सिंहले बताए । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनौती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जोड दिए। कांग्रेसलाई अझ शिखरमा पु¥याउन सबैले एकताबद्ध काम गर्नुपर्ने बेला आएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *